नेपाल स्वास्थ्य व्यवसायी परिषद्
(नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५३ बमोजिम स्थापित)
बाँसबारी, काठमाण्डौंको
सूचना
यस परिषदमा नाम दर्ता हुने स्वास्थ्य सम्बन्धी विषय अध्ययन अध्यापन गर्ने गराउने शिक्षण संस्थाहरुका विद्यार्थीलाई प्रयोगात्मक अभ्यास/इन्टर्नसिप गराउन आफ्नै अथवा सहमती लिएको स्तरिय अस्पताल हुनुपर्ने गरी NHPC को Minimum Requirements मा व्यवस्था गरीएको हुँदा स्वदेश तथा विदेशमा स्नातक तथा स्नातकोत्तर तह अध्ययन गर्ने गराउने निदान तथा उपचारमा संलग्न हुने विषय अध्ययनमा जानु पूर्व आफू अध्ययन गर्न जाने विश्वविद्यालय /कलेज/शिक्षण संस्थाहरुको आफ्नै स्तरिय स्वास्थ्य संस्था/अस्पताल भए नभएको एकिन गरेर मात्र पाठ्यक्रमले निर्धारण गरे अनुसार अध्ययनमा जान र अध्ययन सकि नाम दर्ताको लागि परिषदमा आवेदन गर्दा आफुले अध्ययन गरेको विषय र सो संस्थाबाट जारी भएको इन्टर्नसिप पुरा गरेको प्रमाण पत्र सहितको प्रमाण समेत पेश गर्नु पर्ने, भन्ने नेपाल स्वास्थ्य व्यवसायी परिषदको मिति २०६६/९/२५ गतेको निर्णयअनुसार सन. २०१० देखि उतिर्ण भएका विद्यार्थीहरुमा अनिवार्य लागु हुने र यसो गर्न नसक्ने व्यक्तिहरुको नाम यस परिषदमा दर्ता नहुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
- रजिष्ट्रार