नेपाल स्वास्थ्य व्यवसायी परिषद्
बाँसबारी, काठमाडौंको
सुचना
यस परिषदमा नाम दर्ता हुने स्वास्थ्य व्यवसायीले अध्ययन गर्ने स्वास्थ्य सम्बन्धी विषय अध्ययन गर्नु पूर्व अध्ययनको लागि रोजेको शिक्षण संस्था सम्बन्धीत देशको University Grant Comission (UGC)/ सम्बन्धीत Professional Council बाट मान्यता प्राप्त हो होइन र उक्त शिक्षण संस्थाले प्रदान गर्ने उपाधिलाई नेपालको सम्बन्धीत निकायले मान्यता तथा समकक्षता प्रदान गरेको छ छैन, सम्बन्धीत मुलुकको UGC/ काउन्सिलको होम पेज हेरी एकिन गरेर मात्र अध्ययन गर्नु हुन सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । उल्लेखित प्रावधान बिनाका शिक्षण संस्थामा अध्ययन गरेका व्यक्तिहरुको नाम स्वास्थ्य व्यवसायीको रुपमा यस परिषदमा दर्ता नहुने व्यहोरा जानकारी गराइन्छ । साथै Correspondence वा Distance वा Online Course लाई भने मान्यता नदिइने व्यहोरा समेत जानकारी गराइन्छ ।