नेपाल हेल्थ प्रोफेशनल काउन्सिल
बाँसबारी, काठमाण्डौंको
सूचना
१. समय-समयमा प्रकाशित यस परिषदको सूचना तथा पत्राचारको बाबजुद पनि मूलुकका विभिन्न भागमा कतिपय स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले ऐनको वर्खिलाप हुने गरी योग्यता नपुगेका र यस परिषदबाट लाईसेन्स प्राप्त नगरेका व्यक्तिहरुबाट काम गराई रहेको पाईएकोले त्यस्ता कार्य गैरकानुनी भएकोले गर्न नलगाउन अनुरोध गरिन्छ । लाइसेन्स प्राप्त व्यक्तिहरुबाट काम गराउादाको हकमा पनि उनीहरुको लाइसेन्स कार्यस्थलमा टाँगीएको हुनुपर्ने र आ-आफ्नो "आचार संहिता" को दायरा भित्र रही काम गर्न/गराउन पर्नेछ । साथै सेवाग्राही महानुभावले पनि उल्लेखीत व्यवस्था भए नभएको यकिन गरेर मात्र आवश्यकीय सेवा लिन हुन अनुरोध गरिन्छ ।
२. यस परिषदमा दर्ता हुने स्वास्थ्य व्यवसायी अध्ययन अध्यापन गराउने शिक्षण संस्थाले संबन्धित विषयको कार्यक्रम संचालनका लागि लागु गरेको Minimum Requirement मा व्यवस्था भएका सम्पूर्ण प्रावधान पूर्ण रुपमा व्यवस्था गरी कार्यक्रम संचालन गर्नु गराउनु हुन अनुरोध छ । परिषदबाट हुने निरिक्षण क्रममा Minimum Requirement अनुसार कार्यक्रम संचालन गरेको नपाइएमा त्यस्ता संस्थाबाट संचालन भएको कार्यक्रम स्थगन गर्न सम्बन्धन दिने विश्वविद्यालय/बोर्ड/परिषद लाई लेखी त्यस्ता शिक्षण संस्थाबाट अध्ययन गरेका व्यक्तिहरुको नाम दर्ता नगरीने व्यहोरा समेत सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशन गरीएको छ ।
३. यस परिषदमा नाम दर्ता हुने स्वास्थ्य व्यवसायीले अध्ययन गर्ने स्वास्थ्य सम्बन्धी विषय अध्ययन गर्नु पूर्व अध्ययनको लागि रोजेको शिक्षण संस्था सम्बन्धीत देशको University Grant Commission (UGC)/सम्बन्धीत Professional Council बिाट मान्यता प्राप्त हो होइन र उक्त शिक्षण संस्थाले प्रदान गर्ने उपाधिलाई नेपालको सम्बन्धीत निकायले मान्यता तथा समकक्षता प्रदान गरेको छ छैन, सम्बन्धीत मुलुकको UGC/काउन्सिलको होम पेज हेरी एकिन गरेर मात्र अध्ययन गर्नु हुन सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । उल्लेखित प्रावधान बिनाका शिक्षण संस्थामा अध्ययन गरेका व्यक्तिहरुको नाम स्वास्थ्य व्यवसायीको रुपमा यस परिषदमा दर्ता नहुने व्यहोरा जानकारी गराइन्छ । साथै Correspondence वा Distance वा Online Course लाई भने मान्यता नदिइने व्यहोरा समेत जानकारी गराइन्छ ।